Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्तामाझ देखिएको गहिरो राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले छिट्टै निर्वाचनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको खुलासा गरेकी छन् । सोमबार नागरिक समाजका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनलाई केवल कानुन व्यवस्थाको विषयका रूपमा नभई व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा हेरेको बताइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार, सरकार युवाहरूको मन जित्न र निर्वाचनमा उनीहरूको सहभागिता बढाउनका लागि प्रतिबद्ध छ । उनले भनिन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचनसम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौँ । यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ ।’

जेनजी आन्दोलनले कतिपय युवा पुस्तालाई नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित गरिरहेको जोखिमप्रति सरकार सचेत रहेको प्रधानमन्त्रीले स्पष्ट पारिन् । उनले भनिन्, ‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौँ । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौँ ।’

युवाहरूको आवाजलाई सम्बोधन गर्न उनीहरूलाई मूलधारको राजनीतिमा जोड्न निर्वाचनसम्बन्धी अध्यादेश महत्वपूर्ण हुने सरकारको बुझाइ छ । प्रधानमन्त्री कार्कीले यो अध्यादेशले निर्वाचन प्रणालीमा सुधार ल्याई युवाहरूको गुनासोलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया