Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेको हुनाले प्रहरीले दर्शकलाई त्रिवि क्रिकेट मैदान वरपर नजान आग्रह गरेको छ। खेलका सबै टिकट पहिले नै बिक्री भइसकेका कारण टिकट नभएका दर्शकलाई मैदान वरपर भीड नगर्न अनुरोध गरिएको हो। आज एनपीएलमा अपराह्न ४ बजे पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सूचना जारी गर्दै ‘आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया