Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेक्सिकोमा जेनजी आन्दोलन तीव्र बन्दै गएको छ। अपराध र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै हजारौँ युवा शनिबार मेक्सिको सिटीका सडकमा उत्रिए। विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले ढुङ्गा, लाठी र साङ्लोले प्रहरीमाथि आक्रमण गरेका थिए। केहीले प्रहरीको ढाल र अन्य उपकरणसमेत खोसेका छन्।

यो आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकहरूले व्यापक सहयोग गरिरहेको बताइएको छ। मेक्सिको सिटीका सुरक्षा सचिव पाब्लो भाज्क्वेजका अनुसार झडपमा १२० जना घाइते भएका छन्। जसमा करिब १०० जना प्रहरी रहेका छन्। प्रहरीले २० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवालाई जेनजी भनिन्छ।

 

 

 

तपाईको प्रतिक्रिया