Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। आयोगले यसअघि ७ अर्ब ८० करोड माग गरेको थियो। अघिल्ला निर्वाचनमा भएको खर्चलाई आधार मानेर अहिलेका लागि आवश्यक रकम मात्रै विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

यसपटक प्रतिनिधि सभाको मात्र चुनाव हुने भएकाले अघिल्ला वर्षको तुलनामा कम बजेट छुट्याइएको हो। अर्थमन्त्री रामेश्वर खनालले आयोगका आयुक्तहरूसँग खर्च मितव्ययी रूपमा गर्न आग्रह गरेका छन्। २०७९ सालको निर्वाचनमा आयोगले माग गरेको बजेट पूरा रूपमा खर्च नभएकाले ३ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गरेको थियो।

निर्वाचनमा सबैभन्दा धेरै खर्च मतदान र मतगणनामा खटिने कर्मचारी परिचालनमा हुने गर्छ। आयोगले एक हजार मतदातामाथि एक मतदान केन्द्र बनाउने गरेको छ, जहाँ कम्तीमा १४ कर्मचारी आवश्यक पर्छ। मतगणनाका लागि पनि आयोगले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले बजेटको ठूलो हिस्सा त्यतै जाने अनुमान छ।

 

 

तपाईको प्रतिक्रिया