Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – मधेस प्रदेशमा सात राजनीतिक दलले मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै आज पनि मधेस भवन अगाडि धर्ना जारी राखेका छन्। उनीहरूले राष्ट्रिय झन्डासहित विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। आजै मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ पनि हुँदैछ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले आन्दोलन तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध भएको बताए। उनले सर्वोच्च अदालतले आज सुनाउने फैसला मधेसी जनताको पक्षमा आउने विश्वास व्यक्त गरे। साथै, अदालतको निर्णयलाई सम्मान गर्ने स्पष्ट गर्दै उनले सात दलले आगामी आन्दोलनको स्वरूपबारे छलफल गरिरहेको जानकारी दिए।

यस सात दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी समावेश छन्।

 

 

तपाईको प्रतिक्रिया