Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले) नेतृ शान्ता चौधरीको सुर्खेत–वीरेन्द्रनगरस्थित अचार आउटलेटमा आगलागी भएको छ। घटनापछि चौधरीले सामाजिक सञ्जालमार्फत आगलागीमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेकी छन्।

फेसबुकमा उनले लेखेकी छन्, “जिन्दगीको हरेक प्रयासमा किन आगो लाग्छ? सुर्खेतको शान्ताको अचार आउटलेटमा कसले आगो लगाइदियो? नेपाल प्रहरीले छानबिन गरी दोषीलाई कारबाही गरोस्।” चौधरीको अचार उद्योगको शाखा शुक्रबार मात्रै उद्घाटन गरिएको थियो। प्रहरीका अनुसार आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो। दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइए पनि नवउद्घाटन गरिएको उद्योगमा ठूलो क्षति पुगेको बताइएको छ।

शान्ताले घटनालाई शंकास्पद बताएकी छन् तर प्रहरीले आगो उद्योगभित्रैबाट लागेको प्रारम्भिक अनुमान गरेको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।

 

तपाईको प्रतिक्रिया