Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विद्युतीय राहदानी वितरणमा देखिएको समस्या चाँडै समाधान हुने भएको छ। राहदानी विभागले संक्रमणकालीन अवधिका लागि वैकल्पिक छपाइ व्यवस्था मिलाएपछि अर्को सातादेखि वितरण सामान्य अवस्थामा आउने तयारी भएको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिए।

नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीसँग भएको सम्झौता अनुसार फागुनदेखि मात्र नियमित छपाइ सुरु हुनेछ। तर अहिलेको बढ्दो मागलाई ध्यानमा राख्दै पुरानो कम्पनीसहित वैकल्पिक व्यवस्था अपनाइने भएको छ। फ्रान्सको आइडेमियासँगको पुरानो सम्झौताअनुसार छपाइ हुँदै आएको भए पनि नयाँ बोलपत्रपछि पुरानो कम्पनीले संक्रमणकालीन राहदानी छाप्न नसक्दा अभाव देखिएको विभागले जनाएको छ।

दसैँ–तिहारपछि राहदानीको माग अत्यधिक हुने भएकाले मौज्दात पुस्तिकामै भर पर्नुपरेको र अत्यावश्यक सेवा मात्र उपलब्ध गराउन दैनिक कोटा घटाएको करिब आधा महिनाभन्दा बढी भइसकेको छ। काम र अध्ययनका लागि विदेश जान चाहनेको भीड बढ्दो रहेकाले अनलाइन फाराम पनि छिट्टै सकिने गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरण सहज बनाउन परराष्ट्र मन्त्रालय र विभागलाई निर्देशन दिएपछि छपाइको वैकल्पिक समाधान अघि बढाइएको विभागले जनाएको छ। अहिले विभागमा झण्डै १ लाख ७५ हजार पुस्तिका मात्र मौज्दात भएकाले दुई साताभित्र छपाइ सुरु नभए वितरण रोकिनुपर्ने स्थिति आउन सक्ने चेतावनी पनि दिएको छ।

 

 

तपाईको प्रतिक्रिया