Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा उपचारपछि शुक्रबार स्वदेश फर्किएका छन्। उनीहरू कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका थिए र १८ दिनपछि काठमाडौं फर्किएका हुन्। देउवा दम्पतीलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतसहितका नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठस्थित देउवा निवासभित्र प्रवेश गरी प्रदर्शनकारीहरूले दम्पतीमाथि आक्रमण गरेका थिए। त्यस घटनापछि निरन्तर उपचारमा रहेका देउवा दम्पती असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका थिए। सोही बैठकमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

उनीहरू सिंगापुर गएको अवधिमा कांग्रेसभित्र महाधिवेशन चुनाव कहिले गर्ने भन्ने विषयमा पार्टी बैठकहरूले सहमति जुटाउन सकेका छैनन्। पार्टीभित्र महाधिवेशन चुनाव चुनावअघि गर्ने कि पछि भन्ने विषयमा विवाद जारी छ।

 

 

तपाईको प्रतिक्रिया