Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गा विवादमा आफूलाई अनावश्यक रूपमा जोडिएको दाबी गरेका छन्। बिहीबार जारी विज्ञप्तिमा उनले खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो कुनै स्वामित्व वा सम्बन्ध नै नरहेको स्पष्ट पारे। चरित्रहत्या गर्ने उद्देश्यले बारम्बार आफ्नो नाम जोडिएर समाचार आएका कारण व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर असर परेको उनको आरोप छ।

खड्काले नेपाल स्काउटको भाडा विवादमा आफ्नो नाम गलत रूपमा ल्याइएकाले ध्यानाकर्षण भएको बताए। केही समूहले राजनीतिक प्रतिशोधका लागि योजनाबद्ध रूपमा बदनाम गराउने काम गरेको उनको भनाइ छ। आफू सधैं पारदर्शी र जवाफदेही भएको उल्लेख गर्दै उनले सञ्चार माध्यमहरूलाई तथ्यपरक र निष्पक्ष समाचार प्रकाशन गर्न आग्रह गरे।

लामो समयदेखि काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खड्का ल्याण्डले संरचना बनाई भाडा नतिरेको विवाद चल्दै आएको थियो। यही विवादका कारण युवा तथा खेलकुद मन्त्रालयले काठमाडौं महानगरको सहयोगमा बिहीबार उक्त संरचनामा डोजर चलाएको थियो।

 

 

तपाईको प्रतिक्रिया