Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – उन्नाइसौँ शताब्दीका महान् उकियो-ए (Ukiyo-e) चित्रकार कात्सुशिका होकुसाईको एउटा चित्रकला करिब ४० लाख अमेरिकी डलरमा बिक्री भएको छ । ‘ब्युटी इन स्नो, विथ इन्सक्रिप्सन बाई शोकुसान्जिन’ शीर्षकको उक्त चित्रकला शनिबार टोकियोमा लिलामी भएको हो ।

लिलामी गृहले बोलकबोल आह्वान गर्दा यसको मूल्य ४ करोडदेखि ६ करोड येन रहने अपेक्षा गरे पनि यो ६२ करोड १० लाख येनमा बिक्री भएको थियो । यो होकुसाईका चित्रहरूमध्ये अहिलेसम्म बिक्री भएको सबैभन्दा महँगो चित्रकला हो ।

करीब ९८ सेन्टिमिटर अग्लो र ३४ सेन्टिमिटर चौडा यस चित्रमा हिउँ परिरहेको बेला छाता ओढेर उभिरहेकी एक नगरवधूलाई चित्रण गरिएको छ, साथमा कवि शोकुसान्जिनका शब्दहरू पनि कुँदिएका छन् ।

१८ औँ शताब्दीको उत्तरार्धदेखि १९ औँ शताब्दीसम्म एक कलाकारको रूपमा सक्रिय रहेका होकुसाईले यो चित्र बनाउँदा ५० को दशकमा रहेको विश्वास गरिन्छ । यसलाई उनका सुन्दर महिलाहरूको उत्कृष्ट चित्रणहरूमध्ये एक मानिन्छ ।

लिलामी गृहका अनुसार सफल बोलकबोलकर्ता गृह-सामान बिक्री गर्ने खुद्रा बिक्रेता निटोरी हो । कम्पनीले होक्काइडोको उत्तरी प्रान्त ओटारु शहरको सङ्ग्रहालयमा यो चित्रकला प्रदर्शन गर्ने योजना बनाएको बताइएको छ । उक्त सङ्ग्रहालय निटोरीसँग सम्बद्ध एक फाउन्डेसनद्वारा सञ्चालित छ ।

गत वर्ष मार्चमा संयुक्त राज्य अमेरिकामा होकुसाईको ४६ वटा काठका छापहरूको सङ्ग्रह ‘थर्टी-सिक्स भ्यूज अफ माउन्ट फुजी’ को पूरा सेट ३५ लाख डलरभन्दा बढीमा बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया