समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय परिचयपत्र भएका नागरिकले अब घरमै बसेर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्ने भएका छन्। निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमार्फत मतदाता दर्ता प्रक्रिया सुरु गरेको हो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यो प्रणालीले राष्ट्रिय परिचयपत्र नम्बर भएका र निर्वाचन कार्यालयमा पुग्न नसक्ने नागरिकका लागि ठूलो सहजता ल्याउनेछ।
आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ।








