Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ –  नेपाल स्काउटको जग्गा भाडामा लिएर बनाइएका संरचनाहरू काठमाडौं महानगरपालिकाले भत्काएको छ। पूर्व ऊर्जामन्त्री र नेपाली कांग्रेसका नेता दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड प्रालि. ले नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो।

बिहीबार महानगरका प्रहरी टोली डोजरसहित पुगेका थिए र त्यहाँ बनाइएका संरचनाहरू भत्काए। लामो समयदेखि भाडा नतिरेको कारण स्काउटले गत कात्तिक २० गते सूचना जारी गर्दै सात दिनभित्र भाडा बुझाउन चेतावनी दिएको थियो। तर सो म्यादभित्र भाडा नबुझाएपछि महानगरपालिकाले बिहीबार ती संरचनाहरू भत्काएको जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया