टोकियो – इवाते प्रान्तस्थित हानामाकी विमानस्थलको रनवेमा भालु पसेपछि उडानहरू अवरुद्ध भएका छन् । जापानको उत्तरपूर्वी इवाते प्रान्तमा रहेको हानामाकी विमानस्थलको रनवेमा भालु पसेपछि छोटो समयका लागि सबै उडानहरू रोकिएका थिए ।
बुधबार दिउँसो १ बजेर १० मिनेटमा विमानस्थलको टार्माक नजिकै भालु देखिएको थियो । त्यसपछि विमानस्थलका अधिकारीहरूले सुरक्षा खतरा नभएको पुष्टि गरेपछि २ बजेर ३० मिनेटमा आगमन र प्रस्थान दुवै उडानहरू सुचारु गरियो ।








