समाचार सुन्नुहोस :
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। कवीर सोप अध्यक्ष रहेको यस पार्टीको चुनाव चिन्ह ‘जाँतो’ रहेको छ। पार्टीले १३ कात्तिकमा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। जसलाई आयोगले स्वीकृति दिँदै दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो।
योसँगै जेनजी आन्दोलनपछि दर्ता भएका दलको संख्या पाँच पुगेको छ। यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट छुट्टिएको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमत पार्टीबाट फुटेको जनस्वराज पार्टी दर्ता भइसकेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म दर्ता राजनीतिक दलको संख्या १२६ पुगेको छ भने नयाँ दर्ताका लागि २९ दलले निवेदन दिएका छन्।








