समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेर २ लाख ४४ हजार ३०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदी तोलाको मूल्य ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी तोलाको मूल्य ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।








