Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको राष्ट्रिय सार्वजनिक प्रसारण संस्था (एनएचके)को पछिल्लो जनमत सर्वेक्षणअनुसार जापानका प्रधानमन्त्री सानाय ताकाइचीको मन्त्रिपरिषद्ले ६६ प्रतिशत अनुमोदन दर प्राप्त गरेको छ । गत महिना गठन भएको ताकाइचीको मन्त्रिपरिषद्को यो अनुमोदन दर हालसम्मकै तेस्रो उच्च हो ।

सर्वेक्षण आइतबारसम्म तीन दिनसम्म टेलिफोनमार्फत गरिएको थियो, जसमा करिब १२ सय  जनाले प्रतिक्रिया दिएका थिए । जसमा १५ प्रतिशतले असन्तुष्टि व्यक्त गरेका छन् । यसअघि पूर्वप्रधानमन्त्री कोइजुमी जुनइचिरोको मन्त्रिपरिषद्ले ८१ प्रतिशत र पूर्वप्रधानमन्त्री हातोयामा युकियोको मन्त्रिपरिषद्ले ७२ प्रतिशत अनुमोदन प्राप्त गरेका थिए ।

यद्यपि, एनएचकेले सर्वेक्षण विधिहरू फरक भएकाले सीधा तुलना गर्न नसकिने कुरामा सचेत गराएको छ । ताकाइचीको मन्त्रिपरिषद्लाई समर्थन गर्नेहरूमध्ये ३३ प्रतिशतले काम गर्ने क्षमतामा विश्वास व्यक्त गरेका छन् । २६ प्रतिशतले यसका नीतिहरूबाट अपेक्षा राखेका छन् भने २२ प्रतिशतले अन्य सम्भावित विकल्पहरू भन्दा यो राम्रो देखिएको बताएका छन् ।त्यसैगरी, असन्तुष्टहरूमध्ये २६ प्रतिशतले प्रधानमन्त्रीमाथि विश्वास नभएको बताएका छन् । २४ प्रतिशतले मन्त्रिपरिषद्का नीतिहरूबाट कम अपेक्षा राखेको बताएका छन् भने १८ प्रतिशतले अन्य विकल्पहरू राम्रो लाग्ने धारणा राखेका छन् ।

एनएचकेले मुख्य सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी र जापान इनोभेसन पार्टीको नयाँ गठबन्धन सरकारप्रतिको अपेक्षाबारे पनि सोधेको थियो । १७ प्रतिशतले गठबन्धनप्रति उच्च अपेक्षा राखेका छन्, ४१ प्रतिशतले केही अपेक्षा राखेका छन्, २६ प्रतिशतले धेरै अपेक्षा नराखेको बताएका छन् भने ११ प्रतिशतले कुनै अपेक्षा नभएको बताएका छन् ।

गत महिना प्रधानमन्त्री ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको पहिलो शिखर बैठकबारे पनि सर्वेक्षण गरिएको थियो । उक्त बैठकमा ताकाइचीले जापानको रक्षा क्षमता बढाउने र अमेरिकासँगको सहकार्य सुदृढ गर्ने आफ्नो मनसाय व्यक्त गरेकी थिइन् । जवाफ दिनेहरूमध्ये २५ प्रतिशतले यसलाई उच्च मूल्याङ्कन गरेका छन्, ४४ प्रतिशतले केही सकारात्मक, १८ प्रतिशतले धेरै सकारात्मक नभएको र ७ प्रतिशतले पटक्कै सकारात्मक नभएको बताएका छन् ।

ताकाइचीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग पनि पहिलो शिखर बैठक गरेकी थिइन्, जसमा टाकाइचीले रचनात्मक र स्थिर द्विपक्षीय सम्बन्ध निर्माण गर्न चाहेको बताएकी थिइन् । प्रधानमन्त्रीले पूर्वी चीन सागरको अवस्थाबारे आफ्नो चिन्ता पनि व्यक्त गरेकी थिइन् । यस बैठकको मूल्याङ्कनबारे सोध्दा २३ प्रतिशतले उच्च मूल्याङ्कन गरेका छन्, ४७ प्रतिशतले केही सकारात्मक, १८ प्रतिशतले धेरै सकारात्मक नभएको र ५ प्रतिशतले पटक्कै सकारात्मक नभएको बताएका छन् ।विदेशी नागरिकसम्बन्धी नीति समीक्षा
ताकाइचीको मन्त्रिपरिषद्ले जापानमा रहेका विदेशी नागरिकका लागि हालका नियम र प्रणालीहरूको समीक्षा गर्ने योजना बनाएको छ र जनवरीसम्ममा नीतिहरूमा आधारभूत दृष्टिकोणहरू तयार पार्नेछ । प्रधानमन्त्रीले जापानी नागरिकहरूले विदेशी नागरिकहरूको एक उप-समूहले गर्ने अवैध गतिविधिहरूबाट असहजता वा अन्याय महसुस गरिरहेको बताएकी थिइन् ।

विदेशी नागरिकसम्बन्धी नीतिहरूको प्रस्तावित समीक्षाबारे सोध्दा, ४२ प्रतिशतले मन्त्रिपरिषद्ले यस मुद्दालाई सक्रिय रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्, ४७ प्रतिशतले सावधानीपूर्वक प्रतिक्रिया दिनुपर्नेमा जोड दिएका छन् भने ३ प्रतिशतले यसको कुनै आवश्यकता नभएको बताएका छन् । एनएचकेको सहयोगमा

तपाईको प्रतिक्रिया