समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन धेरै बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ हजार ९०० रुपैयाँले वृद्धि भएको हो। यससँगै छापावाल सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ। सोमबार भने सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार १५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार ६५ रुपैयाँ पुगेको हो।








