Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – झापा प्रहरीले इलाका प्रहरी कार्यालय दमक र दुर्गा भगवती मन्दिरमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–३ का १९ वर्षीय रियाज सिलवाल र इलामको चुलाचुली गाउँपालिका–३ का २२ वर्षीय नकुल अधिकारी छन्। उनीहरू जेनजी आन्दोलनका क्रममा भएको आपराधिक उपद्रवमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

गत भदौ २४ गते दिउँसो करिब ४ बजे दमक नगरपालिका–६ मा रहेको इलाका प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। सो क्रममा दुर्गा भगवती मन्दिरमा पनि तोडफोड र आगजनी गरिएको थियो। घटनाको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

प्रहरीका अनुसार सीसीटीभी फुटेज, भिडियो, फोटो र साक्षीका बयानका आधारमा पहिचान भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। सिलवाललाई डिम्याक्स हल नजिकबाट र अधिकारीलाई झापा नगरपालिका–९ बाट नियन्त्रणमा लिइएको बताइएको छ। दुवैलाई जिल्ला अदालत झापामा पेश गरी ४ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया