Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ। पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा पार्टी दर्ता गर्ने तयारी भइरहेको र अन्य सबै सदस्य रहने नेपाल निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको स्रोतले जनाएको छ। पार्टीको चुनाव चिह्न बिजुलीको बत्ती (चिम) नै रहनेछ।

यसअघि पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति भएको थियो। तर आइतबार राति बसेको बैठकले अन्ततः ‘उज्यालो नेपाल’ नाममा आयोगमा दर्ता गर्ने निर्णय गरेको हो। हालका लागि पार्टीमा कुनै पदाधिकारी नहुने र उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी गठन हुने तयारी भइरहेको घिसिङ निकट एक नेताले जानकारी दिए।

उनका अनुसार, “अन्य पदाधिकारी दोस्रो चरणमा थपिनेछन्। अहिले माइन्यूटिङ र हस्ताक्षरको काम भइरहेको छ। सम्भव भएसम्म आजै दर्ता गर्ने, नभए भोलि गर्ने योजना छ,” उनले बताए। केन्द्रीय कमिटीका सदस्यहरूको अन्तिम सूची टुंग्याउने छलफल जारी रहेको पनि स्रोतले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया