Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।

विगतमा भएको सम्झौता कार्यान्वयनको माग गर्दै आयोजना प्रभावितहरूले मुहान बन्द गरेपछि काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति रोकिएको छ। सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग गर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले पनि मेलम्ची खानेपानीसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिएकी छन्। हाल खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री कार्कीले सम्हालेकी छिन्।

मन्त्री घिसिङले सरकार वार्ता र छलफलबाट सबै माग समाधान गर्न तयार रहेको उल्लेख गर्दै भने, “मेलम्चीबाट पानी नआउँदा उपत्यकामा समस्या गम्भीर बन्दै गएको छ, त्यसैले यस विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्छ।” उनले छिटो समस्या समाधान गरेर काठमाडौँमा खानेपानी ल्याउन सरकार लागिपरेको बताए।

गाउँपालिका अध्यक्ष शेर्पाले विगतका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। उनका अनुसार आयोजनाले लिएका जग्गा र घर भाडा, ठेकदार कम्पनीका आपूर्तिकर्तालाई भुक्तानी, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्म सडक निर्माण, र सुन्दरीजलमा आउने पानीको २५ प्रतिशत आम्दानी गाउँपालिकाको विकासमा दिने सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन्।

२०७८ असोज २१ गते तत्कालीन खानेपानी मन्त्री, हेलम्बु गाउँपालिका, मेलम्ची बाढी पीडित सङ्घर्ष समिति र स्थानीय राजनीतिक दलबीच उक्त सहमति भएको थियो।

 

 

तपाईको प्रतिक्रिया