Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  नेकपा एमालेले पार्टी छाडेर एकीकृत समाजवादीसहित अन्य दलमा गएका नेताहरूलाई फर्काउन ‘घर फर्क’ राष्ट्रिय अभियान सुरु गर्ने भएको छ। आज दिउँसो साढे २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा यस अभियानको औपचारिक घोषणा गरिने महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।

यो अभियान ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित सुरु गर्न लागिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै एमाले छोडेका नेताहरूलाई पार्टीमा फर्किन आग्रह गर्दै आएका छन्। ओलीको अपिलपछि पूर्व सचिव रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू एमालेमा फर्किने तयारीमा छन्।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकता गरेपछि बनेको एकीकृत समाजवादी अहिले तीन धारमा विभाजित भएको छ। तीमध्ये एक समूह महासचिव घनश्याम भुसाल नेतृत्वमा पार्टी पुनर्गठनको तयारीमा रहेको बताइएको छ।

रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमार्फत ‘घर फर्क’ अभियान आफूहरूका लागि भएको बताउँदै सबैलाई कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमालेमा फर्किन आग्रह गरेकी छन्। पूर्व सांसद किसान श्रेष्ठले पनि अभियानमा सहभागी हुन सबैलाई निमन्त्रणा दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया