Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय बृहत् आर्थिक बहस २।० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

उनले सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त भएको उल्लेख गरिन् । राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी संकटपूर्ण प्रणालीप्रति सजग रहेको पनि उनले बताइन् । सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको जिकिर उनको थियो ।

‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त हो । राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी संकटपूर्ण प्रणालीप्रति हामी सजग छौँ । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन । सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको छ,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया