Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – सैतामा प्रिफेक्चरल प्रहरीले गत महिना एक २0 वर्षीय महिलालाई यौन दुर्व्यवहार गरी लुटपाट गरेको आरोपमा ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । राति करिब १२:१० बजे सैतामा शहरको इवात्सुकी वार्डमा ती महिला घर हिँडिरहेको बेला यो घटना भएको थियो ।

प्रहरीले चिबा प्रिफेक्चरको नोडा शहरका ठेकेदार योशितो कोबायाशीमाथि धम्की दिएको आरोप लगाएको छ । उनले ती महिलालाई ‘हल्ला गरे मारिदिन्छु’ भन्दै धम्क्याएको प्रहरीले जनाएको छ । त्यसपछि उनले ती महिलाको अनुहारमा धेरै पटक मुक्का प्रहार गरी यौन दुर्व्यवहार गरेको र उनको स्मार्टफोन लुटेको रोप छ ।

घटनामा ती महिलाको नाक भाँचिनुका साथै अन्य गम्भीर चोटहरू लागेका छन् । प्रहरीले सुरक्षा क्यामेराको फुटेज प्रयोग गरी कोबायाशीलाई उनको घर नजिकैबाट बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार कोबायाशीले आरोप अस्वीकार गर्दै ‘मलाई घटनाबारे कुनै जानकारी छैन’ भनेका छन् ।

 

तपाईको प्रतिक्रिया