Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश प्रदेशका सांसद रहबर अन्सारीले शनिबार प्रदेश सभा बैठकमा आफ्नै मुखमा कालो मोसो दलेका छन्। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत मागेपछि विभिन्न दलका सांसदहरूले धारणा राख्ने क्रममा अन्सारीले यस्तो कदम उठाएका हुन्। रोस्टमबाट बोल्दै उनले मधेश प्रदेशसभामा रहेका सबै सांसदलाई “अपराधी”को संज्ञा दिए।

अन्सारीले आठ वर्ष बितिसक्दा पनि मधेशका ६४ लाख जनताको जीवनमा सुधार नआएको भन्दै सरकारको आलोचना गरे। उनले प्रदेशमा भइरहेको बेथितिबारे बारम्बार जानकारी दिँदा पनि न त सरकारले न त आफ्नै पार्टीले ध्यान दिएको आरोप लगाए।

उनले अब आफू कसैलाई विश्वासको मत नदिने चेतावनी दिँदै मधेशका समस्याको समाधान गर्ने कुनै सांसदसँग नैतिक योग्यता नभएको दाबी गरे। अन्सारी नेकपा माओवादी केन्द्रका सांसद हुन्।

 
 

तपाईको प्रतिक्रिया