समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १ बजेका लागि बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्नेछ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गर्ने जनाएको छ।








