Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – पूर्वी जापान रेलवे कम्पनी (JR East) ले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै र आधुनिक जीवनशैलीलाई आत्मसाथ गर्दै आफ्ना टिकट गेटहरूलाई थप प्रविधियुक्त बनाउने भएको छ । यसै क्रममा कम्पनीले मध्य निगाता प्रिफेक्चरको जोएत्सु शिन्कान्सेन लाइनमा अनुहार पहिचान प्रविधिको परीक्षण गरिरहेको छ ।

यो परीक्षण निगाता र नागाओका स्टेशनहरूका बीचमा भइरहेको छ, जसमा करिब ५०० नियमित यात्रुहरू सहभागी हुने अपेक्षा गरिएको छ । नागाओका स्टेशनमा एउटा सुरुङजस्तो देखिने विशेष गेट जडान गरिएको छ, जहाँ क्यामेराहरूले यात्रुहरूको पहिचान पूर्व-दर्ता गरिएको अनुहारको डेटासँग तुलना गर्छन् । यदि अनुहार मिलेमा हरियो बत्ती बल्छ र नमिलेमा रातो बत्ती चम्किन्छ ।

त्यसैगरी, निगाता स्टेशनमा रहेको एउटा सामान्य गेटलाई पनि अनुहार पहिचान प्रणालीसहित परिमार्जन गरिएको छ । JR East ले आगामी १० वर्षभित्र आफ्ना सबै लाइनहरूमा अनुहार पहिचान र स्मार्टफोन लोकेसन प्रविधि प्रयोग गरी टिकटलेस गेटहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

एक अधिकारीका अनुसार, यस प्रविधिको मुख्य उद्देश्य यात्रुहरूको हिँड्ने गति वा अनुहारको कोण जस्तोसुकै भए पनि उनीहरूलाई सही रूपमा पहिचान गर्नु हो । यस परीक्षणले यात्रुहरूलाई छिटो र सहज यात्रा अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । यो हालको परीक्षण आउँदो मार्चसम्म चल्नेछ, तर वर्षको अन्त्यमा हुने अत्यधिक भीडको समयमा भने यसलाई स्थगन गरिनेछ ।

तपाईको प्रतिक्रिया