Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – टोकियो प्रहरीले एक वेब पीआर फर्मका अध्यक्ष हानेडा तात्सुकीलाई व्यापारिक भ्रमणमा गएको कम्पनीबाट महँगो पोकेमोन ट्रेडिङ कार्डहरू चोरी गरेको आरोपमा पक्राउ गरेको छ । हानेडा तात्सुकीमाथि टोकियोको नाकानो वार्डमा रहेको ट्रेडिङ कार्ड खुद्रा विक्रेताको पसलबाट अगस्टमा करिब ५२,००० डलर मूल्य बराबरका नौवटा कार्ड चोरी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार हानेडाले ती खुद्रा विक्रेताको पसलमा सामानको फोटो खिच्न गएका थिए । त्यस क्रममा उनले ट्रेडिङ कार्डहरू राखिएको कोठामा प्रवेश गर्नका लागि कार्ड कि (चाबी) सापटी लिएका थिए । अनुसन्धानकर्ताहरूका अनुसार फोटो खिचेपछि, संदिग्धले अरूलाई आफूले केही सामान बिर्सेको बताएका थिए । त्यसपछि, उनले सापटी लिएको चाबी प्रयोग गरी कोठामा फर्किए र कार्डहरू चोरेका थिए ।

उनले आरोप स्वीकार गर्दै आफूलाई पैसाको खाँचो परेको र ट्रेडिङ कार्डहरूको ठूलो आर्थिक मूल्य हुने कुरा खुद्रा विक्रेताका कर्मचारीहरूबाट थाहा पाएको बताएका छन् । प्रहरीका अनुसार चोरी भएका कार्डहरूमध्ये सबैभन्दा महँगो कार्डको मूल्य करिब १६,३०० डलर रहेको छ ।

तपाईको प्रतिक्रिया