Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

gaaकाठमाडौं – गायिका निर्मला थापामगरको पञ्चेबाजा गीत ‘बोली सारै मिठो’ सार्वजनिक भएको छ । निर्मला र सिडी विजय अधिकारीको स्वरमा रहेको गीत निर्मला थापामगर युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

टिपिकल पञ्चेबाजामा आधारित गीतमा सुरेश रानामगरका शब्द रहेको छ भने निर्मलाको संगीत छ । मौलिक शब्द रहेको गीतले माया प्रेमलाई र जीवन परिवेशलाई समेटेको छ ।

गीतको म्युजिक भिडियोले गीतलाई अझै मौलिकतामा परिचित गराएको छ । गायिकाको गाउँ गुल्मीको रमणीय ठाउँ दिगाममा छायांकन गरिएको गीतले निकै उत्कृष्ट बनेको छ । मौलिक गीतले श्रोता दर्शकको माया पाउने अपेक्षा गरिएको छ ।

गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने सिर्जना मगर र रायन बस्यालको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया