Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – फिल्म ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको हो ।

वितरक मनोज राठीकाअनुसार छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको छ । उनी भन्छन्, ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ । पाँच सातामा फिल्मले २१ करोड कमाइ गरिसकेको छ । शुक्रवार र शनिवारको कलेक्सन भने आउन बाँकी नै छ ।’

राम्रो व्यापार गरेतापनि यस फिल्मले ‘कबड्डी ४’ को रेकर्ड भने तोड्न सकेको छैन । यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ले २४ करोड कमाएको थियो । यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो ।

तपाईको प्रतिक्रिया