Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – बलिउड एवम हलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउड अभिनेता एवम चर्चित रेस्लर जोन सिनाका साथ फिल्ममा काम गर्ने भएकी छन्। समाचारअनुसार अब अमेजनको आगामी फिल्म हेड्स अफ स्टेटमा प्रियंकाले जोनका साथ काम गर्ने भएकी हुन्। मे महिनाबाट सुटिङ हुने भनिएको फिल्मका निर्देशक इल्या नाइसुलर हुन्।

पछिल्लो समय प्रियंकाले एकपछि अर्को गर्दै हलिउडमा पनि सफलताको सिँढि चढिरहेकी छन्। योसँगै उनको जासुस श्रृंखला सिटाडेल पनि छिट्टै रिलिज हुने क्रममा छ, जस्मा उनी रिचर्ड म्याडेनका साथ देखिने छिन्।

त्यस्तै, सोनीको आगामी फिल्म लभ अगेनमा पनि देखिनेछिन्। निर्मात्री तथा कलाकारको रुपमा हलिउडसहित दर्जनौं अन्तर्राष्टिय फिल्म हलमा काम गरिसकेकी प्रियंकाको पर्पल प्लेबर पिक्चर्सले हालै अमेजन स्टुडियोका साथ फिल्म तथा टेलिभिजन कार्यक्रमका लागि सम्झौता गरेको छ।

 

तपाईको प्रतिक्रिया