काठमाडौं – अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले आज सौराहको एक रिसोर्टमा विवाह गरेका हुन् ।
सुरक्षाले सामाजिक सञ्जालमा शुभ विवाह भन्दै विवाहको तस्बिर सार्वजनिक गरेकी छन् । यो जोडीले बुधबार मात्रै इन्गेजमेन्ट गरेका थिए ।








