Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – पछिल्ला समयका उम्दा गायक प्रकाश दुतराज जापान आउने भएका छन् । जापानका विभिन्न सहरहरुमा आयोजित करीव दर्जन जति साँगीतिक कार्यक्रमका लागि उनी जापान आउन लागेका हुन् ।

गायनसंगै गीति लेखन, संगीत संयोजन र फिचरिङमा समेत आफुलाई निखार्दै बहुप्रतिभाशाली परिचय बनाएका यी म्याग्देली गायक प्रकाशका गीतहरु पछिल्ला समयमा निकै रुचाईएका छन् । ‘आरने’ बोलको गीतबाट सुरु भएको उनको चर्चा ‘बैनी झयालैमा’ ‘घर कता हो बहिनी’ सम्म आईपुग्दा उनको सफलताले एउटा उचाई लिईसकेको छ । छोटो समयमै धेरैभन्दा धेरै दर्शक-स्रोताहरुको रोजाईमा पर्न सफल उनै गायक प्रकाशको विशेष साँगीतिक धमाका रहने पहिलो कार्यक्रम टोकियोको नाकानो जेरो हलमा यहि मार्च १२ तारिख हुने भएको छ ।

उक्त कार्यक्रममा नेपालबाट आउने अर्की चर्चित गायिका सुनितामी परियारको पनि विशेष साँगीतिक प्रस्तुती रहने बताईएको छ । सुमधुर स्वरकी धनी गायिका परियार लोक तथा दोहोरी विधाका साथै आधुनिक गायनमा पनि उत्तिकै अब्बल मानिन्छन् । उनीहरुलाई स्थानीय कलाकारहरुले पनि साथ दिने भएकाछन् ।

गज्जब इन्टर्टेन्मेन्टको ब्यानरमा हुन लागेका कार्यक्रमहरुबाट हुने मुनाफाबाट गरीब तथा असहाय बालबालिहरुको शिक्षा दिक्षामा सहयोग गरिने आयोजक संस्थाका संयोजक सचिन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार टोकियो मार्च १२ तारिख, फुकुओका १८ तारिख, नागोया १९ तारिख, ओसाका २० तारिख, शिजुओका २१ तारिख, निगाता २६ तारिख र नारिता अप्रिल २ तारिख कार्यक्रम हुने भएका छन् । यसबाहेक प्रकाशका अन्य थुप्रै सहायक कार्यक्रमहरु तयका लागि समन्वय गर्ने काम भईरहेको बताईएको छ ।

आफुलाई पायक पर्ने नजिकको हलमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिन संयोजक श्रेष्ठले जापानबासी नेपालीहरुलाई अपिल गरेका छन् । कार्यक्रमको तयारी पूरा भईसकेको र बिस्तृत जानकारी ११ तारिख शनिबार साँझ पत्रकार सम्मेलनमार्फत गराईने श्रेष्ठले बताए । ***

तपाईको प्रतिक्रिया