Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छन् । पन्त र सुवेदीले बुधबार इन्गेजमेन्ट गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै पन्तले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् ।

इन्गेजमेन्टको तस्बिर फेसबुकमा राख्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौँ । आर्शिवाद दिनुहोला ।’

तस्बिरमा दुवैले टीका र फूलमालाई लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् । करिब ७ वर्षदेखिको प्रेमलाई पन्त र सुवेदीले विवाहमा परिणत गर्न लागेका हुन् । भोलि फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ । उक्त समारोहमा परिवार र नजिकका आफन्तलाई मात्र डाकिएको छ ।

तपाईको प्रतिक्रिया