Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – गायिका समीक्षा अधिकारीले लेख्दै नलेखेको कुरा जथाभावी फोटोसप गरेर चरित्र हत्या गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छन् ।मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूले लेख्दै नलेखेको कुरा भाइरल बनाएर चरित्र हत्या गरिएकोमा आपत्ति जनाउँदै त्यसो नगर्न सबैलाई आग्रह पनि गरेकी छन् ।

उनले लेखेकी छन्, ‘हुँदा हुँदै फोटोसप गरेर यतिसम्म चरित्र हत्या ? प्लिज यसो नगरिदिनुहोला।’ फागुन १५ गते अभिनेता पल शाह जेलमुक्त भएपछि समीक्षाले फेरि सँगै काम गर्ने भनेर लेखेको स्टाटस भाइरल भएको थियो । तर, उक्त स्टाटस फोटोसप गरेर आफ्नो चरित्र हत्या गरिएको उनले प्रष्टिकरण दिएकी छन् ।

 

तपाईको प्रतिक्रिया