काठमाडाैं – शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ । गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।
उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भूमिका रहेको छ । उक्त फिल्मलाई समीक्षकहरूले ४.५ स्टारसम्म दिँदै ब्ल्कबस्टर सिनेमा भनेका छन् । बाइकट बलिउडविरुद्ध लडेर पठानले खस्किँदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरूको भनाई छ ।
पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरुले राज गरेको २०२२ लाई शाहरुखको पठानले उर्जा दिएको समीक्षकहरूले टिप्पणी गर्दै आएका छन् ।








