Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – बालिका बलात्कार मुद्दामा सफाइ पाए पनि बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका अभिनेता पल शाहलाई उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले उनलाई निर्दोष सावित गरे पनि नवलपुरले बाल यौन दुराचारमा साढे २ वर्ष सजाय सुनाएको हो ।

उच्चले दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको हो । नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिलको कार्यालय र शाह पक्ष दुवैले उच्चमा पुनरावेदन दर्ता गरेका थिए । कामु न्यायाधीश डिल्लीराज आचार्य र ऋषि भण्डारीको संयुक्त इजलासले १५ दिनभित्र झगडिया झिकाउने आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया