Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – धनकुटा महोत्सवमा अत्याधिक भिडभाडका कारण च्याप्पिएर एक दर्जनभन्दा बढी घाइते भएका छन् । अत्याधिक भिडभाड भएको बेलामा एकैचोटि भित्र प्रवेश गराइँदा उक्त घटना भएको थियो ।

उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले जानकारी दिए । गायक प्रमोद खरेल उपस्थित हुने उक्त कार्यक्रममा अत्याधिक भीड भएपछि घटना भएको जनाइएको छ ।

उनका अनुसार १३ जना घाइते भएका छन्, घाइते सबैलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । उनीहरूको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया