काठमाडौँ – बलिउड मा ‘किङ खान’ भनिने शाहरुखले चार वर्षपछि ठूलो पर्दामामा कमब्याक गरेका हुन्। पठानले अग्रिम बुकिङमा पनि रेकर्ड बनाएको छ। टिकट प्लेटफर्म बुक माइ शोले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार फिल्मलाई लिएर दर्शकको प्रतिक्रिया शान्दार छ। गत सोमबारसम्म यो फिल्मका १० लाख टिकट बिकिसकेका थिए।
फिल्मको प्रोडक्शन हाउस यशराज फिल्मका अनुसार हिन्दी भाषाको रिलिज पहिलो दिन ५५ करोड र भारतका अन्य भाषामा दुई करोड कमाइ गरेको छ। जबकि ओभरसिज स्क्रिनिङमा ४५ लाख डलर (करिब ३६.६ भारतीय रुपैयाँ) आम्दानी गरेको छ।
पठानको वर्ल्ड वाइड ओपेनिङ डे रेकर्डले अन्य हिन्दी फिल्मलाई पछि पार्दै पहिलो दिन १०६ करोड भारतीय रुपैयाँ कमाएको हो। शाहरुख खाननिकट फिल्म निर्देशक करन जौहरले ‘पठान’ले १०० करोड आम्दानी पार गरेकोमा बधाई दिएका थिए।








