काठमाडौं – शुक्रबार राति भएको ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा चौंथो सिजनका विजेता करण राई बनेका छन् ।
टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।
करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन् ।
त्यस्तै टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् । दर्शकहरुको भोटको आधारमा विजेता घोषित गरिएको थियो । ***








