Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दीप  लामिछानेमाथि नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल  सन्दीप पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा छन् ।

रोहितले सन् सन् २०१८ अगस्ट तीनमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी२० खेलमा डेब्यु गरेका थिए ।

तपाईको प्रतिक्रिया