Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैँ – आगामी मंसिर ४ गतेबाट सुरु हुने विश्वकप फुटबलका लागि नेपालमा प्रसारण अधिकार लिएवापत शुल्क लिन नपाउने अन्तरकालीन आदेशविरुद्ध मिडिया हबले दिएको ‘भ्याकेट’ निवेदनको सुनुवाइका लागि शुक्रबारका पेशी तोकिएको छ।

प्रकाशमान सिंह राउत र मनोज शर्माको इजालासमा भ्याकेट निवेदनको सुनुवाइ हुने पेशी तोकिए पनि आज सुनुवाइ हुने सम्भावना भने कमजोर रहेको छ। नेपालमा प्रसारण अधिकार लिएको मिडिया हबले फुटबल हेर्नका लागि ४ कात्तिकमा हरेक सेटअप बक्सले ५ सय दस्तुर तिर्नुपर्ने सूचना निकालेपछि उक्त सूचनाका आधारमा अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले नागरिकलाई अतिरिक्त शुल्क नलिइ फुटबल हेर्न दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम दिएको छ। राउतको इजलासले मौखिक रूपमा कात्तिक २७ गतेका लागि अन्तरिम आदेशबारे छलफल गर्न बोलाउने भने पनि लिखित आदेशमा ३० गतेका लागि दुवै पक्षलाई उपस्थित हुन भनेको थियो।

मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप खेलका लागि कात्तिक ३० गते अन्तरिम आदेशबारे छलफल गर्न जाँदा ढिलो हुने भन्दै मिडिया हबले बिहीबार भ्याकेट निवेदन दिएको थियो।अल्पकालीन अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता भइ पेशी तोकिनु अस्वभाविक र प्रचलित न्यायिक अभ्यासविपरीत भएको सर्वोच्च स्रोतले बताएको थियो।

तपाईको प्रतिक्रिया