Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले जेलमा छन् । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई गएको हप्ता जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत १८ कात्तिकमा कारागार चलान भएका लामिछाने अहिले के गरिरहेका छन् भन्ने धेरैको चासो रहन्छ । कारागार स्रोतका अनुसार उनी अहिले सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा क्रिकेट खेलेर दिन बिताउने गरेका छन् । क्रिकेट खेल बाट नै चम्किएका उनमा बल र ब्याटप्रतिको मोहमा भने कमि आएको छैन । उनी अहिले जेलभित्र कैदीबन्दी र जेल प्रशासनको सहयोगमा क्रिकेट खेल्ने गरेका छन् । त्यहाँ प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाएको छ । त्यहाँ पाउने सेवा सबै कैदीबन्दीलाई समान छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा गत असोज २० मा उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियाे । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ मा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) बमाेजिम १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् ।

तपाईको प्रतिक्रिया