Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – आइतबारबाट टियू मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताका लागि १ करोड ५० लाख खर्च हुने जनाएको छ। जसमध्ये राष्ट्रिय खेलकुद परिषदले ६० लाख रुपैयाँ प्रदान गर्ने क्यानले जनाएको छ।

प्रतियोगिताको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख प्राप्त गर्नेछ। त्यस्तै सेमिफाइनल पुग्ने टिमहरुले नगद ५० हजार प्राप्त गर्ने छन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार नगद प्राप्त गर्दा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको इमर्जिङ खेलाडीले १० हजार नगद हात पार्ने छन्। त्यस्तै प्रतियोगितामा हरेक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार दिइने छ।

प्रतियोगिताका लागि ७ प्रदेशका ७ टिमसहित ३ विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहने छ। प्रतियोगितामा दुई समूहमा विभाजन गरी प्रतियोगिता गरिँदै छ। जसमा समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले रहेका छन्। त्यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब, प्रदेश एक, बागमती, लुम्बिनी प्रदेश र मधेश प्रदेश रहेका छन्।

तपाईको प्रतिक्रिया