Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार अपराह्न ४:४५ बाट सुरु हुनेछ।

अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसँग हार व्यहोरेको थियो। यता केही समयअगाडिको एसिया कप विजेता श्रीलङ्कन टोलीले भने समूह चरणबाट सुपर १२ मा क्वालिफाइ हुँदै आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो।

हाल अंक तालिकामा पुछारमा रहेकाले अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ। श्रीलङ्का अंक तालिकामा दोस्रो स्थानमा छ। उसलाई पनि आजको खेलमा जित हात पारेर प्रतियोगितालाई सुखद् बनाउनु छ।

तपाईको प्रतिक्रिया