
काठमाडौँ – गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हकीमा नेपाल आर्मीले विजयी सुरुवात गरेको छ । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हकीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उदघाटन पनि निर्धारित समय भन्दा ढिला भएको थियो । उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ बीच हुने भनिए पनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उदघाटन गरेका थिए ।








