Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी पोखरामा सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफी एक कार्यक्रमका बीच सोमबार बिहान सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पोखरेलले ट्रफी सार्जजनिक गरे लगत्तै पोखराका विभिन्न स्थलमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

यो खेलाडी, प्रशिक्षक, व्यवस्थापक खेल पदाधिकारीहरू, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफी प्रदर्शन गरिएको हो । ट्रफीसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरू सहित सवारी साधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।पोखराको अमर सिंह चोक, रानीपौडा, महेन्द्रपुल, नदिपुर, पृथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोक भित्र बजार हुँदै बगर चोक, बागबजार चोक, ठाडा लाइन, पुरानो टुँडिखेल, हरिचोक, विन्ध्यवासिनी मन्दिरको माथिल्लो बाट परिक्रमाको लागि प्रवेश गराई अधिकारी टोल चोक, पुरानो खानेपानी काउन्टर, बाग्लुङ राजमार्ग हुँदै जिरो किलोमिटर र त्यहाँबाट हल्लन चोक बाराही मन्दिर चोकमा पोखरा महानगरका मेयर धनराज आचार्यले ट्रफी प्रदर्शन गर्दै सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले पहिला पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिवसमेत रहेका नीलेन्द्रराज श्रेष्ठ हुन् । यस्तै, ट्रफ्रीलाई श्याम तुलाधरले बनाएका हुन् । ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ ।

 

तपाईको प्रतिक्रिया