Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – नाबालिकामाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। आइतबार राति फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूविरुद्ध झूठा र अफवाह फैलाउने समाचार नछापिदिन पनि आग्रह गरेका छन्। उनले आफूविरुद्धको जाहेरीबारे भदौ २२ गते थाहा पाएको र त्यो झूठो जाहेरी भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘मविरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए।’

अहिले आफू कहाँ रहेको भन्ने जानकारी नै नदिई उनले अस्वस्थ रहेकाले चाँडै नेपाल फर्किने तयारीमा रहेको बताएका छन्। त्यसो त उनले यसअघि पनि चाँडै फर्किने बताउँदै आएका छन्। हाल उनी कहाँ छन् भन्ने केही सार्वजनिक जानकारी छैन। यता नेपाल प्रहरीले उनीविरुद्ध आरोप लागिसकेपछि पक्राउको तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया