
काठमाडौं – यही असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि बंगलादेशी फुटबल टिम नेपाल आइपुगेको छ।बंगलादेशको राष्ट्रिय टोली शनिबार बिहान नेपाल आएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी दिएको छ।
मैत्रीपूर्ण खेल भए पनि बंगलादेश नेपालको बलियो प्रतिद्वन्द्वी हो। यतिबेला बंगलादेशको टिम बलियो देखिएको छ।








