Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । जबरजस्ती करणीमा उजुरी परेसँगै उनलाई कालोसूचीमा राख्न प्रहरीले विभागलाई पत्राचार गरेको थियो ।

पत्राचारपछि विभागले उनलाई कालोसूचीमा राखेको हो । सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबरजस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी छन् ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन् । राष्ट्रिय टोलीसँगै टी–ट्वान्टी खेल्न केन्या पुगेका सन्दीप उतैबाट सेन्ट लुसिया पुगेका थिए ।

तपाईको प्रतिक्रिया