Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन्। नाबालिगमाथि बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनी निलम्बनमा परेका हुन्।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो। क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो।

‘नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुासर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उता लामिछानेले भने आफूमाथि झुटो आरोप लगाइएको दाबी गरेका छन्। मल्लले लामिछानेले आफूसँग कुराकानी भइसकेको जानकारी दिएका मल्लले आफूलाई कानुनी उपचारमा सहयोग गर्न आग्रह गरेको जानकारी दिएका थिए।

 

तपाईको प्रतिक्रिया